काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३१७ पुगेको छ ।

मन्त्रालयका अनुसार यसअघि हिजो बुधबार तीन महिला र तीन पुरुषको कोरोनाले मृत्यु भएको छ ।

कठमाडौँकी ८३ वर्षीय महिला र ६७ वर्षीय पुरुष, कास्कीकी ७३ वर्षीया महिला, अर्घाखाँचीका ४२ वर्षीय पुरुष, बाँकेकी ८० वर्षीय महिला र नवलपरासीकी ६४ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको थियो।

त्यसैगरी मंगलबार पनि ६ जनाको कोरोनाले मृत्यु भएको थियो । जसमा काठमाडौंकी ८० वर्षीया एक महिला को मृत्यु भएको थियो भने सुनसरीका ७० वर्षका एक पुरुष, पर्साका ५४ र ६० वर्षका दुई जना पुरुष, काठमाडौंका ८५ वर्षका एक पुरुष र कपिलवस्तुका ६२ वर्षका एक पुरुषको कोरोनाले मृत्यु भएको थियो ।

यसअघि सोमबार ४ जना महिला र ७ जना पुरुष गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । जसमा काठमाडौंकी ३७, ८३ र ९० वर्षीया तीनजना महिला र कास्कीकी ६३ वर्षीय महिला थिए । त्यसैगरी मोरङका ७६ वर्षका एक पुरुष, सिरहाका ६२ र ८७ वर्षका दुईजना पुरुष, सर्लाहीका ३५ वर्षका एक पुरुष, दोलखाका ६९ वर्षका एक पुरुष, मकवानपुरका ३९ वर्षका एक पुरुष र बाँकेका ५९ वर्षका एक पुरुषको कोरोनाले मृत्यु भएको थियो ।

मन्त्रालयका अनुसार यसअघि आइतबार ७ जनाको मृत्यु भएको थियो । जसमा मोरङकी ६४ वर्षीया महिला र झापाकी ४५ वर्षीया महिलाको मृत्यु भएको थयो । त्यसैगरी मोरङका ४५ वर्षीय पुरुष, पर्साका ७७ वर्षीय पुरुष, धनुषाका ३५ वर्षीय पुरुष, चितवनका ७० वर्षीय पुरुष र काठमाडौंका ३ जना ७४, ६८ र ८५ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version