काठमाडौं: नेपाल विद्युत प्राधिकरणले गत आर्थिक बर्ष (२०७४ ७५ मा) ९८ करोड रुपैयाँ बराबर खुद नाफा कमाएको छ ।

आन्तरिक लेखा परीक्षण हुन बाँकी रहे पनि हालसम्मको प्रारम्भिक आम्दानी र खर्चबाट यति नाफा देखिएको हो ।

यो रकम अघिल्लो आर्थिक बर्ष २०७३ ७४ को भन्दा ४८ करोड कम हो । आजको कारोबारमा समाचार छ ।

आयातित विद्युतको भाउ बढेको, बढ्दो खर्चकालगायतको कारणले खुद नाफा घटेको हो ।

अघिल्लो आर्थिक बर्षमा पछिल्लो १७ बर्षयता नै पहिलोपटक प्राधिकरणले खुद नाफा १ अर्ब ४६ करोड गर्न सफल भएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version