काठमाडौँ: प्रिमियर इन्स्योरेन्स कम्पनीले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयरको बिक्री खुला भएको छ।

कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य २ हजार ३०० रुपैयाँमा उक्त शेयर बोलकबोलको माध्यमबाट बिक्री गर्न लागेको हो।

कम्पनीले बिक्रीमा ल्याएको यो शेयरमा सर्वसाधारण तथा अन्य कम्पनीले भने आवेदन गर्न पाउनेछैनन्। बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले मात्र खरीद गर्न सक्नेगरी असोज ४ गतेसम्म बोलकबोल आह्वान गरेको छ।

नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय सेन्ट्रल प्लाजा नक्साल, र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) नारायणचौर नक्सालबाट बोलपत्र आवेदन बुझाउन सकिनेछ। उक्त शेयर खरिदका लागि बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीहरुले आवेदन दिन पाउने बिक्री प्रबन्धक नबिल इन्भेष्टेमन्ट बैंकिङले जनाएको छ ।

अहिले दोस्रो बजारमा नागरिक लगानी कोषको शेयर मूल्य प्रतिकित्ता ३ हजार ५४६ रुपैयाँ रहेको छ । कम्पनीले कुल ५० हजार कित्ता शेयर बिक्री गर्ने छ। यसको कुल न्यूनतम मूल्य ११ करोड ५० लाख रुपैयाँ हुने छ।

शेयर खरीदका लागि भदौ २८ गतेदेखि असोज ४ गतेसम्म आवेदन दिइसक्नु पर्ने छ। न्यूनतम १०० कित्तादेखि १० ले भाग जानेगरी अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिने छ। विद्यमान शेयरधनीले शेयरधनी नम्बर समेत उल्लेख गर्नुपर्नेछ। आवेदन परेको तीन दिनभित्र बाँडफाँड गरिने बिक्री प्रबन्धकले जानएको छ।

यो शेयर खरीद गर्ने आवेदकले नागारिक लगानीकोषले निष्काष्सन गर्न लागेको हकप्रद शेयरमा समेत आवेदन गर्न योग्य हुने कम्पनीले जनाएको छ । गत असार २० गते सम्पन्न साधारण सभाले चुक्ता पूँजीको ८२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो। जसका लागि कम्पनीले आरबिबि मर्चेन्टलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक तोकिसकेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version