काठमाडौँ: सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकमा असाधारण प्रकृतिका पहिरोहरु जान थालेको हुँदा यसबाट सुरक्षाका लागि संघीय सरकारले नै पाइलट प्रोजेक्ट नै बनाएर काम गर्नुपर्ने भएको बताएका छन्।

 

सभामुख सापकोटाले सिन्धुपाल्चोकमा असार २४ देखि निरन्तर पहिरो गइरहेको र त्यहाँ गएका पहिरोलाई सामान्य बाढी पहिरो र सामान्य प्राकृतिक प्रकोपको रुपमा हेर्न नहुने बताए।

 

आइतबार दिउँसो पहिरोग्रस्त क्षेत्रमा पुगेका सभामुख सापकोटाले संघीय सरकारलाई एकिकृत र केन्द्रिकृत योजना बनाएर काम गर्न र सिन्धुपाल्चोकको पहिरोको दिर्घकालीन समस्या समाधान गर्नका लागि एउटा पाइलट प्रोजेक्ट नै बनाएर काम गर्न आग्रह गरेका छन्।

 

आइतबार राती सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा बेपत्तामध्ये सात जनाको शव फेला परेको छ। अझै २४ जना हराइरहेका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version