काठमाडौं: प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता शुरु भएको छ ।

भेटवार्तामा स्थायी कमिटी बैठकका निर्णयहरु कार्यान्वयन गर्नेबारे छलफल हुने बताइएको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले आगामी कार्ययोजना तयार पारेको थियो ।

स्थायी कमिटी बैठकले एउटा अध्यक्षले पूरै कार्यकाल सरकार चलाउने अर्का अध्यक्षले पार्टीको सम्पूर्ण काम गर्ने, एमसीसीलाई परिमार्जन गरी अनुमोदन गर्ने‌ लगायतका निर्णय गरेको थियो ।

पार्टीभित्र देखिएको आन्तरिक विवाद मिलेपछि स्थायी कमिटी बैठक बसेको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version