काठमाडौँ: सिभिल लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको हकप्रद शेयरमा आवेदन गर्ने आज अन्तिम दिन हो। लघुवित्तले गत साउन २५ गतेदेखि चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ।

 

लघुवित्तले हाल कायम चुक्ता पूँजीको एक बराबर एकको अनुपातमा ११ लाख ४१ हजार १४० कित्ता हकप्रद शेयर बिक्री गरेको हो।

 

लघुवित्तले साधारण सभा हकप्रद निष्काशनका लागि एकैपटक असार १५ गते बुकक्लोज गरेकाले १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र हकप्रद भर्न पाउनेछन्।

 

हकप्रदमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय मार्फत सि आश्वा प्रणाली तथा मेरो शेयर मार्फत अनलाईबाट आवेदन दिन सकिन्छ।

 

यस्तै यसका अलवा बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड कमलादी, सेञ्चुरी बैंकका विराटनगर, पोखरा, नेपालगंज, विरगंज, नारायणघाट, बुटवल, धनगढी र सुर्खेत शाखा र सिभिल लघुवित्तका सम्पूर्ण शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ।

 

हकप्रदमा आवेदन गर्ने अन्तिम म्याद भदौ २९ गते बैंकिङ्ग समयसम्म रहेको छ।

 

लघुवित्तको हकप्रदलाई क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ नेपालले औषतभन्दा कमजोर रेटिङ दिएको छ । केयरले केयर एनपी आइपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको हो । ग्रेड ४ रेटिङले लघुवित्तको वित्तीय अवस्था औषतभन्दा तल आधार रहेको जनाउँछ।

 

हाल लघुवित्तको चुक्ता पूँजी ११ करोड ४१ लाख १४ हजार रुपैयाँ छ । हकप्रदपछि २२ करोड ८२ लाख २८ हजार रुपैयाँ पुग्नेछ।

 

लघुवित्तले २०७६ फागुन १४ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद जारी गर्न अनुमति पाएपनि लकडाउनका कारण हकप्रद निष्काशन हुन सकेको थिएन।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version