काठमाडौं: सरकारले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वामदेवलाई सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत भएका तीन सदस्यमध्ये डा. युवराज खतिवडाको पद सकिएको ६ महिनापछि गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीतका लागि सिफारिस गरिएको हो।

नेकपाको भदौ १८ गतेको बैठकले गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version