काठमाडौँ: भारतले प्याज निर्यातमा रोक लगएको भोलिपल्ट नै प्याजको मूल्य किलोमा १५ रुपैयाँ बढेको छ।

कालिमाटी तरकारी तथा फलफूल बजारको थोक मूल्यसूचीअनुसार भारतीय सुकेको प्याजको मूल्य किलोमै १५ प्रतिशत मूल्यबृद्धि भएको हो।

भदौ २९ गते किलोको औषत मूल्य ६० रुपैयाँ रहेको देशकै ठूलो तरकारी बजारमा आज बढेर ७५ रुपैयाँ पुगेको बजारले जानकारी दिएको छ।

उपभोक्ता मूल्यो यो भन्दा धेरै बढेको छ। उपभोक्ता मूल्य काठमाडौंका विभिन्न ठाउँमा फरकफरक मूल्य हुने गरेको छ।

भारतको केन्द्रीय सरकारले सोमबारमात्र प्याजको निर्यातमा प्रतिबन्ध लगाएको थियो। अस्वाभाविक मूल्य वृद्धि भएपछि प्याज निर्यातमा भारतीय सरकारले रोक लगाएको बताइएको थियो।

भारी वर्षात् तथा बाढीका कारण घरेलु बजारमा प्याजको आपूर्ति पर्याप्त हुन नपाएपछि पाउडर बनाइएको तथा काटिएका केही आइटम बाहेकको निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

यसअघि गएको वर्ष पनि भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो। गएको मार्चमा खोलिएको थियो। भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाउँदा नेपाली बजारमा मूल्य बृद्धि भएको थियो।

अघिल्लो वर्ष भारतले प्याज निर्यातमा रोक लगाउँदा नेपाली बजारमा किलोको २३० रुपैयाँसम्म पुगेको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version