काठमाडौँ:नेपाल आयल निगमले डिजेल र मट्टीतलको मूल्य समायोजन गरी घटाएको छ । निगमले बुधबार रातीदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक एक रुपैंयाको दरले घटाएको हो ।

 

निगमका अनुसार अब डिजेल र मट्टीतेलको प्रतिलिटर बिक्री मूल्य ९० रुपैंया कायम भएको छ । यो मूल्य काठमाण्डौं डिपोको १५ किलोमिटर आसपासका लागि मात्र लागू हुने निगमले जनाएको छ ।

 

पेट्रोल, हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।

 

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version