काठमाडौँ: कस्तो अवस्थामा मानिसको मृत्यु भएको ठहरिने छ होला ? यो सम्मान्य जिज्ञासा हो तर सबैलाई थाहा नभएको पनि हुनसक्छ ।

भदै एक गतेदेखि लागु हुन लागेको मुलुकी देवानी (संहित्ता) ऐन, २०७४ मा भने यसबारे स्पष्ट व्यवस्था गरिदिएको छ।

ऐनमा भनिएको छ, “कुनै व्यक्ति मृत्यु भएको मानिन कोहि व्यक्ति बिना सूचना लगातार १२ वर्षदेखि वेपत्ता भएमा त्यस्ता व्यक्तिको मृत्यु भएको ठहरिने नयाँ कानूनी व्यवस्था छ। तर त्यस्तो व्यक्ति हराएको कुनै प्रमाण प्राप्त भएमा मृत्यु भएको मानिने छैन ।

तर सबै वेपत्ता ब्यक्तामा भने यस्तो व्यवस्था लागु नहुने पनि ऐनमा उल्लेख गरिएको छ ।

ऐनको दफा ४० उपदफा १ (१)मा ८० वर्ष उमेर पूरा भएको व्यक्ति वेपत्ता भएमा त्यस्तो व्यक्ति ५ वर्षसम्म सम्पर्कमा नआएमा त्यस्तो व्यक्तिलाई मृत मानिने छ।
उपदफा १ (२) बमोजिम युद्धस्थलमा खटिएको सैनिक भए युद्ध समाप्त भएको मितिले ४ वर्षसम्म वेपत्ता रहेमा नीजलाई मृत मानिने नयाँ मुलुकी ऐनमा व्यवस्था छ ।

त्यसैगरी, दफा १ (३) बमोजिम दुर्घटना भएको वायु यान (प्लेन) पानि जहाज वा अन्य सवारीसाधनमा यात्रा गरेको व्यक्ति भए त्यसरी दुर्घटना भएको मितिले तीन वर्षमा मृत्यु मानिने छ ।

यस ऐनको उपदफाहरुमा जेजस्तो व्यवस्था भएपनि वेपत्ता भएका ब्यक्तीका परिवारले नीज बेपत्ता भएको प्रमाणित गरेपछि मात्रै आधिकारिक मृत्यु मानिने कानूनका जानकारहरु बताउँछन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version