काठमाडौँ: लिवर्टी इनर्जी कम्पनीको एक करोड ५० लाख कित्ता शेयर नेप्सेमा शुक्रबार सूचीकृत भएको छ । कम्पनीले भदौको पहिलो साता ३५ लाख ६४ हजार ९ सय ३० कित्ता आईपीओ बिक्री गरेको थियो ।

कम्पनीको शेयर सूचीकरण भएसँगै आइतबारदेखि शेयर किनबेच गर्न सकिने नेप्सेले जनाएको छ । शेयर सूचीकरण हुनु अगावै सिडीएसीले आईपीओ पाउने सबै लगानीकर्ताको डिम्याट खातामा शेयर पठाइसकेको जनाएको छ ।

कम्पनीको शेयर कारोबारको लागि एलइसी (LEC) कारोबार संकेत प्रदान गरिएको छ । कम्पनीको शेयर न्यूनतम एक सय रुपैयाँदेखि ३०० सय रुपैयाँको रेन्जमा कारोबारमा आउनेछ ।

लिवर्टीको साधारण शेयर एनआईबिएल एस क्यापिटलले निष्काशन गरेको थियो । निष्काशन तथा बाँडफाँडको सबै काम सकिएपछि भदौ २१ गते कम्पनीले प्रभु क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गर्दै सूचीकरणको प्रकृया अघि बढाएको थियो।

कम्पनीको आइपीओमा आवेदन दिने सबै लगानीकर्ताले शेयर पाएका थिए। जसमा १० देखि ३० कित्तासम्मका लागि आवेदन दिएकाले माग अनुसार नै र ३० कित्ताभन्दा माथि आवेदन दिने २५ हजार ६२० जनाले ४० कित्ता पाएका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version