रौतहट: बारा जिल्लामा बलात्कार मुद्दालाई लेनदेनका आधारमा मिलापत्र गराउन खोज्ने एकजना जनप्रतिनिधि लखेटिएका छन् । प्रहरीले आरोपितमाथि ‘जबरजस्ती करणी’ मुद्दा दर्ता गरेको छ ।
गाउँस्तरमै कथित भद्रभलाद्मीहरुको उपस्थितिमा बसेको पञ्चायतीमा आर्थिक जरिवाना गरेर बलात्कारीलाई बचाउन खोजेको भन्दै सुवर्ण गाउँपालिकाका युवाले वडा नम्बर ५ का अध्यक्ष रामएकवाल साहलाई पञ्चायतीबाटै लखेटेका छन् ।
सोही वडाका आरोपित २२ वर्षीय शिवपुजन यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा जबरदस्ती करणी मुद्दा दर्ता भएको छ ।
पिडित १२ वर्षीय बालिकाको शनिबार जिल्ला अस्पताल कलैयामा स्वास्थ परीक्षण भएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
