काठमाडौं: देशभर १९६ जना कोरोनाभाइरस संक्रमितको आईसीयूमा उपचार भइरहेको छ । यस्तै ३१ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयका अनुसार हाल क्वारेन्टिनमा ७ हजार ४०३ जना रहेका छन् भने डिस्चार्ज हुने संक्रमितको संख्या ४७ हजार २३८ रहेको छ।

 

यस्तै आज देशभर ११५४ संक्रमित थपिँदा कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै आज ६७४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा ५३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ जना रहेका छन् ।

 

यस्तै पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएसँगै देशभर मृतकको कुल संख्या ४२७ पुगेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version