काठमाडौँ: सुनको भाउ मंगलबार एकैदिन तोलामा १ हजार ७०० रुपैयाँले घटेको छ । नेपाली बजारमा प्रतितोला २०० रुपैयाँले वृद्धि भएको सुन आइतबार भने स्थिर रहेको थियो।
उता सोमबारको तुलनामा मंगलबार चाँदीको भाउमा पनि तोलामा ९० रुपैयाँले गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९५ हजार रुपैयाँ निर्धारण गरेको छ।
चाँदीको मूल्य भने प्रतितोला १ हजार २३० रुपैयाँमा झरेको छ । सोमबार १ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ तोलामा ९० रुपैयाँले घटेको हो ।
आइतबार भने चाँदी १५ रुपैयाँले घटेर १ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।
