काठमाडौं: सोमबार निधन भएका पर्वतारोही आङरिता शेर्पालाई सम्मानसहित अन्त्यष्टि गर्ने निर्णय सरकारले गरेको छ ।
मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बालुवाटार स्रोतका अनुसार शेर्पाको शवलाई सम्मानसहित अन्त्यष्टि गर्ने र किरिया खर्च सरकारले बेहोर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।
त्यसैगरी आजको बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेको छ । यही असोज २४ गते हुने भनिएको निर्वाचनको सम्पूर्ण तयारी पुरा भई निर्वाचन आयोगबाट मतपेटिकासमेत व्यवस्था भइसकेको अवस्थामा अन्तिम चरणमा आएर स्थगन गर्न परेको सिँहदरवार स्रोतले बतायो ।
Facebook Comments Box
