काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले संवैधानिक निकायहरुमा नियुक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा आज (मंगलवार) बसेको सचिवालय बैठकले रिक्त रहेका संवैधानिक निकायहरुमा नियुक्त गर्न आग्रह गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

 

 

उनले भने, ‘संवैधानिक निकायमा नियुक्त गर्नका लागि कानूनले नै मापदण्ड बनाएको छ, त्यसका आधारमा संवैधानिक परिषदले निर्णय गर्छ ।’

 

प्रवक्ता श्रेष्ठले संवैधानिक परिषदको बैठक छिटो बोलाउन प्रधानमन्त्रीलाई आग्रह गरिएको समेत जानकारी दिए ।

 

साथै उनले सरकारको कामलाई प्रभावकारी बनाउन, पार्टी र सरकारको सम्बन्ध अझ सुदृढ बनाउने विषयमा छलफल भएको पनि बताए ।

 

साथै बैठकले सांगठनिक एकताका बाँकी काम पूरा गर्न आवश्यक प्रस्ताव ल्याउन पार्टी अध्यक्ष र महासचिवलाई १० दिनको समय दिइएको जनाएको छ ।

 

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version