एजेन्सी: न्यूयोर्कमा कार्यरत एक अमेरिकी प्रहरी अधिकारी चीनको सुराकी बनेको अभियोगमा पक्राउ परेका छन् ।

 

तिब्बतमा जन्मिएका बाइम्दाजी आन्वाङले न्यूयोर्क क्षेत्रमा बसोबास गर्ने चिनियाँ नागरिकहरूको गतिविधि चीनलाई उपलब्ध गराएको आरोप लगाइएको छ ।

 

न्यूयोर्क प्रहरीको सामुदायिक मामिला एकाइमा कार्यरत आन्वाङले तिब्बती समुदायभित्र पनि गोप्य सूचनाको सम्भावित स्रोत  मूल्याङ्कन गर्न सघाएको बताइएको छ।

 

अमेरिकाको अङ्गीकृत नागरिक रहेका उनी दोषी ठहरिएमा जेल जानेछन् । उक्त आरोप पुष्टि भए उनलाई ५५ वर्षसम्म जेल सजाय हुन सक्ने बीबीसीले जनाएको छ।

 

अभियोजनकर्ताहरूका अनुसार आङ्वाङ अमेरिकन आर्मी रिजर्भमा पनि नागरिक मामिला विज्ञको रूपमा कार्यरत छन्। विभिन्न दस्तावेजहरूका अनुसार उनका बुवा सेवानिवृत्त चिनियाँ सैनिक र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का सदस्य थिए।

 

उनकी आमा पनि सीपीसीको सदस्य र चिनियाँ सरकारी कर्मचारी थिइन्। उनलाई चिनियाँ वाणिज्य दूतावासका दुई अधिकारीहरूसँग सम्पर्कमा रहेको आरोप लागेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version