धादिङ: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरीमा पहिरोले गाडी पुरिएपछि सकड अवरूद्ध भएको छ ।

 

गजुरीको बडा नम्बर- ५ गलौदीमा पहिरो जादा २ वटा गाडीको दाँयापट्टीको भाग पुरिएपछि सडक अवरूद्ध भएको हो ।

 

काठमाडौबाट धनगढीका लागि छुटेको ना ६ ख ६४०८ नम्बरको कन्टेनरको एउटा भाग पुरिएको छ । यस्तै काठमान्डौतर्फ जाँदै गरेको भारतीय कन्टेनर पनि पहिरोले च्यापिएपछि सडक अवरूद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ ।

 

राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएपछि सडक बिभागको गजुरी फिल्ड कार्यलयले डोजर प्रयोग गरी पहिरो हटाउने काम गरिरहेको छ ।

 

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version