काठमाडौं: कोभिड-१९ को उपचारका लागि अत्यावश्यक रूपमा प्रयोग गर्न दिइएको फेभिर-२०० ट्याब्लेट नेपालमै उत्पादन सुरु भएको छ। औषधि व्यवस्था विभागको अनुमतिमा देउराली जनता फर्मास्यूटिकल्सले यो औषधि उत्पादन थालेको हो।

 

हालसम्म जापान, चीन, रसिया, अमेरिका, टर्की, क्यानडा र भारत लगायतका मुलुकमा फेविपिरभिर औषधि इमर्जेन्सी प्रयोग गर्न अनुमति दिइएको थियो। कम्पनीका अनुसार कोभिडको उपचारका लागि क्लिनिकल अध्ययन प्रयोजनका लागि उपलब्ध गराउने उद्देश्यसहित यो औषधि उत्पादन गरिएको हो।

 

 

कम्पनीले यो औषधि उत्पादन गर्ने नेपाल आठौं देश भएको दाबीसमेत गरेको छ। कम्पनीमा कार्यरत स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका दक्ष वैज्ञानिक र प्राविधिकबाट यो औषधि उत्पादन गरिएको विज्ञप्तिमा उल्लेख छ।

 

कम्पनीले औषधिका लागि गान्धिप्रसाद शर्मा र शिवकुमार भण्डारीको मोबाइल नम्बर क्रमश: ९८०२०८८००६ र ९८०२०८८१६५ मा सम्पर्क गरेर लिन सकिने जानकारी दिएको छ।

 

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version