काठमाडौं: नागार्जुन नगरपालिकाकी उपमेयर सुशिला अधिकारीलाई शुक्रबार कोरोनाभाइरस संक्रमण पुष्टी भएको छ।
यसअघि नगरपालिकाकै मेयर मोहन बहादुर बस्नेतलाई पनि कोरोना संक्रमण भएर ह्याम्स अस्पतालमा उपचार गराई निको भई केहि दिन अघि मात्र कार्यालयको नियमित काममा फर्किएका थिए।
नगरपालिकाले आज साँझ जारी गरेक एक बिज्ञप्ती अनुसार उपमेयर अधिकारीलाई वडाकै विकास निर्माणका कार्यमा प्रत्यक्ष रुपमा संलग्न भई हिडेको र कोभिड संक्रमण नियन्त्रणमा सक्रिय सहभागी हुनुपर्दा सो उहाँ आफै संक्रमित हुन पुग्नु भएको हो।
मेयर बस्नेतद्वारा जाई बिज्ञप्ति उपमेयर अधिकारी शिघ्र स्वास्थ्य लाभको समेत कामना गरिएको छ। उपमेयर अधिकारि अहिले आफ्नी निवासमा ‘होम आइसोलेसन’मा बस्नु भएको समेत जनाइएको छ।
