काठमाडौँ: एनआईसी एशिया बैंकले धादिङ जिल्लामा तीन नयाँ शाखा कार्यालयहरु स्थापना गरेको छ।
बैंकले बुधबार धुनिबेशी नगरपालिका–७, स्थित खानीखोलामा, धुनिबेशी न.पा. वडा नं. ६, धार्के स्थित धार्केमा र थाक्रे गाउँपालिका वडा नं.६, महादेवबेशीमा नयाँ शाखाहरु स्थापना गरेको हो।
खानीखोला र धार्के शाखाको धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले उद्घाटन गरे भने महादेवबेशी शाखाको थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले उद्घाटन गरे।
मुलुकभर २३७ शाखा कार्यालयहरु, २३० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १७ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको बैंकले जनाएको छ्।
बैंकको वासलातको आकार रू. १८१ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १५३ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १२४ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ। हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको छ।
