काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण भएको छ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) की डीनसमेत रहेकी शाहलाई शनिबार कोरोना पुष्टि भएको हो।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनले त्रिवि शिक्षण अस्पतालकै ल्याबमा पीसीआर परीक्षण गरेकी थिइन । उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ ।

पीसीआर रिपोर्ट पोजेटिभ आएपछि अहिले होम आइसोलेसनमा बसेको डा शाहले बताइन । आफ्नो सम्पर्कमा रहेकाहरुलाई जानकारी गराएको बताउँदै उनले प्रधानमन्त्री ओलीसँग भने लामो समयदेखि भेटघाट नभएको बताएकी छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version