काठमाडौँ: कोरोना संक्रमणका कारण एक सैनिक जवानको मृत्यु भएको छ।
काठमाण्डौं उपत्यकामा कार्यरत एक सैनिक जवानको शुक्रबार वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको हो। उनी बझाङ जिल्लाका स्थायी बासिन्दा हुन् ।
निज जवानलाई छारे रोगको लक्षण देखिए पश्चात आकस्मिक रुपमा सघन कक्ष (ICU) मा भर्ना गरी उपचार गर्दागर्दै निजको मृत्यु भएको हो ।
निजको ८ गते स्वाव परीक्षण गर्दा कोभिड-१९ पोजेटिभ देखिएको थियो । यस सँगै नेपाली सेनामा कोभिड-१९ सम्बन्धित कठिनाईका कारणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
शनिबारसम्ममा नेपाली सेनामा कुल संक्रमित २,१९७ मध्ये, निको भएको ५३९ र सक्रिय संक्रमित १,६५६ रहेका छन् ।
