काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका छन्।

मन्त्री भट्टराईले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई मन्त्रालय बोलाएर निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका हुन्।

‘कुनै पनि ठूला निर्णय गर्दा मन्त्रीसँग छलफल गरेरमात्रै निर्णय गर्न निर्देशन भएको छ’, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतलेभन्यो, ‘हिमालय एयरलाइन्लाई सेल्फ ग्राउण्ड ह्याण्डलिङसम्बन्धी निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भन्ने निर्देशन भएको छ।’

मन्त्री भट्टराईले महानिर्देशक पोखरेललाई सचिव केदार बहादुर अधिकारीसँगै राखेर अबदेखि कुनै ठूला निर्णय गर्नुपहिले मन्त्रीसँग छलफल गर्न निर्देशन दिएको स्रोतको भनाइ छ।

मन्त्री भट्टराईले यसअघि सेल्फ ग्राउण्ड ह्याण्डलिङ पाएका एयर इन्डिया र थाई एयरवेजको अनुमति समेत रद्द गर्न निर्देशन दिएका छन्।

त्रिभुवन विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको जिम्मा नेपाल वायुसेवा निगमले पाएको छ। वायुसेवा निगमको मुख्य आयस्रोत रहेको ग्राउण्ड हेन्डलिङ अरुलाई दिँदा निगमको आम्दानी गुम्ने भन्दै विरोध भएको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version