काठमाडौँ: गृहमन्त्रालयले बुधबार केही वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरुको सरुवा गर्ने निर्णयसहितको सूचि प्रहरी प्रधान कार्यालय, नक्साल पठाएको छ ।
सूची अनुसार काठमाडौं प्रहरी परिसरको प्रमुखको जिम्मेवारी वसन्त कुमार लामालाई दिइएको छ भने रविन्द्र धानुकलाई ललितपुर प्रहरी परिसरको प्रमुख तोकिएको छ । निशान हत्या काण्डमा परिसर प्रमुख बिश्वराज पोखरेल र अपराध महाशाखाबीच समन्यव अभाव रहंदा बालक ज्यान गएको थियो ।
लामा ३३ किलो सुनकाण्डको अनुशन्धान समितिको सदस्यसमेत हुन् । धानुक भने यसघि काठमाडौं प्रहरी परिसरको जिम्मेवारीबाट बाग्लुङ सरुवा भएका थिए । ललितपुरमा यसघि गणेशबहादुर ऐरले प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
धानुकलाई हटाएर गृह मन्त्रालयले एसएसपी विश्वराज पोखरेललाई काठमाडौं प्रहरी प्रमुख बनाएको थियो ।
