काठमाडौँ: राष्ट्रिय वाणिज्य बैंक (आरबीबी) र नर्भिक इन्टरनेशनल हस्पिटलबीच बैंकका डेबिट कार्डहोल्डरहरुलाई हस्पिटलले दिने सेवामा १० प्रतिशत सम्म छुट दिने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी र नर्भिक इन्टरनेशनल हस्पिटलका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता भएपश्चात राष्ट्रिय वाणिज्य बैंकका डेबिट काडहोल्डरहरु र कार्डहोल्डरका परिवारले हस्पिटलको प्याथोलोजी, रेडियोलोजी, सीटी स्क्यान, एमआरआई, म्यामोग्राम, कार्डीक नन इन्भेसिभ परिक्षण, सर्जिकल शुल्कमा १० प्रतिशत र बेड शुल्क तथा वार्षिक स्वास्थ्य प्याकेजमा थप ५ प्रतिशत छुट पाउने छन् ।

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायव महाप्रवन्धकहरु सुशिल श्रेष्ठ, केशबप्रसाद लम्साल, टेकराज जोशी, नरेशराज अर्याल, विभागीय प्रमुख रिको स्थापित, नर्भिक इन्टरनेशनल हस्पिटलका तर्फबाट मूख्य मार्केटिङ्ग अधिकृत प्रविन डावर, सहायक प्रवन्धक सुष्मा ढकाल लगायतको उपस्थिती रहेको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version