काठमाडौँ: ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको ट्राफिक प्रहरीलाई काठमाडौँ उपत्यकाभित्रका सडकहरुमा ट्राफिक जनचेतनाका लागि उपयोगी हुने ट्राफिक पोलहरु हस्तान्तरण गरेको छ ।

 

 

बैंकले प्रदान गरेको ट्राफिक पोलहरुले जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पु¥याउने र ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्ने भन्दै महानगरीय ट्राफिक महाशाखाले बैंकलाई धन्यवाद दिएको छ ।

 

 

यसअघि पनिबैशाख ३१ मा ग्लोबल आइएमई बैंकले ट्राफिक जनचेतनाकम निम्ति ट्राफिक पोलहरु हस्तान्तरण गरेको थियो ।

 

 

बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version