काठमाडौँ: नेपालका लागि निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक कम्पनि पायोनियर मोटो कर्पले निसान गाडीका लागि एक्सचेन्ज मेला आयोजना गरेको छ ।
श्रावण २८ बाट सुरू गरिएको यो मेला देशव्यापि रूपमा भाद ४ गते सम्म रहने जानकारी कम्पनिले दिएको छ ।
पायोनियर मोटो कर्पका व्यवस्थापन निर्देशक सन्दिप सारदाले भने , “हाल निसान गाडीलाई लिएर आमजनमानसमा उत्सुकता र जिज्ञासा बढेको हामीले जानकारी पाएका छौँ । हाम्रा ग्राहकहरूको मागलाई बुझेर हामीले यो एक्सचेन्ज मेला आयोजना गरेका हौँ । भर्खरै पनि हामीले डाट्सन गाडीको एक्सचेन्ज मेला समापन गरेका थियौँ । ग्राहकहरूको उत्सुकतालाई मध्यनजर गरी आयोजना गरिएको निसानको मेलाले पनि यस्तै नतिजा दिने हाम्रो विश्वास छ ।“
यो मेलामा ग्राहकहरूले ३ लाख रुपैया सम्मको छुट, ५ लाखसम्मको एक्सचेन्ज बोनस छुट, तथा थुप्रै उपहारहरू प्राप्तगर्न सक्ने कम्पनीले जनाएको छ ।
मेलामा नै पुराना गाडीको अनुगमन गरी उचित मूल्याङ्कन पनि गरिने छ । त्यसै गरी मेलामा तुरून्तै किस्ताबन्दीको सुविधा पनि प्राप्त गर्न सकिनेछ ।
