काठमाडौं; नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई फोर्स मर्जर नगराउने बताएका छन् ।

बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरुलाई मंगलबार भेट्दै गभर्नर अधिकारीले मन मिल्ने संस्थाहरुलाई मर्जरमा जानको लागि सुझाव दिएका छन् ।

‘तपाईहरुको लागत घट्छ मनमिल्छ र संस्थालाई राम्रो हुन्छ भने मर्जर गर्दा राम्रो हुन्छ,’गभर्नर अधिकारीले भने ।

बैंक तथा वित्तीय संस्था वित्तीय संस्था परिसंघ(सीबिफिन)का अध्यक्ष पवन गोल्यान सहितका पदाधिकारी गभर्नरलाई भेट्न बालुवाटार पुगेका थिए ।

अरुबेला गभर्नरलाई भेट्न समय माग गरेर जाने गरेकोमा यो पटकको गभर्नर आफैले बैंक तथा वित्तीय संस्थाका अध्यक्षलाई भेट्न बोलाएका थिए । बैठकमा गभर्नर अधिकारीले केन्द्रिय बैंक कोभिड १९ पछिको आर्थिक पुनरुत्उथानको विषयमा लागेको भन्दै सो अनुसारको नीति ल्याएको जानकारी दिएका थिए ।

बैठकमा सहभागी बैंकका अध्यक्षहरुले केन्द्रिय बैंकले नगद लाभांश वितरणमा गरेको कडाईमा संसोधन हुनुपर्ने माग राखेका थिए । मेगा बैंकका अध्यक्ष समेत रहेका सीबीफिनका अध्यक्ष शाहले कुल लाभांशमा ७० प्रतिशत बोनस र प्रतिशत नगद लाभांशको व्यवस्था राख्न नहुँने बताएका थिए ।

गभर्नर अधिकारीले मौद्रिक नीतिले लिएको लक्ष्य र बैंकहरुले गर्न सक्ने कार्यान्वयनको विषयमा जिज्ञासा राखेका थिए । आगामी दिनमा बैंकिङ क्षेत्रको समस्या समाधानको लागि बैंक अध्यक्षहरुसँग समेत केन्द्रिय बैंकले मिलेर काम गर्ने आश्वासन अधिकारीले दिएका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version