काठमाडौँ: उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज (बिहीबार) देखि काठमाडौं उपत्यकामा दशैं-तिहार लक्षित सहुलियत पसल सञ्चालन गर्ने भएको छ।

मन्त्रालयले असोज १५ गतेदेखि मंसिंर ६ गतेसम्म सहुलियत पसल सञ्चालन गर्न लागेको हो।

‘नेपालीहरुको महत्वपूर्ण चाड दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ्ग कर्पोरेशनमार्फत सुपथ मूल्यमा सामान उपलब्ध गराउन लागिएको हो,’ मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयले घुम्ती सेवा पसल, र अनलाइन मार्फत् उपत्यकाका ४९ स्थान र दुग्ध विकास संस्थानमार्फत् अत्यावश्यक सामाग्री सुपथ मूल्यमा उपलव्ध गराइने जनाएको छ।

मन्त्रालयले उपभोग्य वस्तुहरुको मूल्य पनि सार्वजनिक गरेको छ। मन्त्रालयले नून प्रतिकेजी १८ रुपैयाँ, चिनी केजीको ७० र घ्यु लिटरको ८७० रुपैयाँ तोकेको छ । चिनी र नुन भने प्रति परिवार ४ केजी मात्रै लिन पाउने व्यवस्था गरिएको छ।

मन्त्रालयले खसीबोका तथा च्यांग्रामा किलोको १०, चामलमा ५ रुपैयाँ, दालमा ५, सिमिलगायत गेडागुडीमा १०, फापर तथा केराउमा ५ रुपैयाँ प्रतिकिलो छुट दिने निर्णय गरेको छ।

सुपथ मूलयका पसल कालीमाटी, टेकु, कोटेश्वर, सिंहदरबार, सतुंगल, ललितपुर, थापाथली, नख्खु, प्रयागपोखरी, जाउलाखेल तथा भक्तपुरमा सञ्चालन हुनेछन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version