काठमाडौँ: बैंक अफ काठमाण्डूले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले नगद तथा बोनस गरी १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

 

बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १३ प्रतिशत बोनस र कर सहित ३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

 

जसअनुसार बैंकले १ अर्ब ३६ करोड ७६ लाख ९५ हजार ६३६ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, २५ करोड ६४ लाख ६ हजार ६६२ रुपैयाँ नगद लाभांश बाड्ने छ ।

 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको अनुमति पश्चात बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण हुनेछ ।

 

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ५४ करोड ६८ लाख छ । बोनस वितरणपछि चुक्ता पूँँजी ९ अर्ब ९१ करोड ४५ लाख पुग्नेछ ।

 

बैंकले अघिल्लो वर्ष ११ प्रतिशत नगद र ६ प्रतिशत बोनस गरी कुल १७ प्रतिशत लाभांश बाँडेको थियो ।

 

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version