काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुने १ महिला र १० पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मृत्यु हुने सुनसरीका ३ पुरुष, काठमाडौँका २ पुरुष, भक्तपुरका १ पुरुष, ललितपुरका १ पुरुष, बाँकेकी १ महिला र रुपन्देहीका ३ पुरुष छन् ।

संक्रमित हुनेबाट भएको मृत्यु ० दशमलव ६५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच नेपालमा थप १ हजार ९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप १ हजार ९११ जनामा कोरोनाको संक्रमण पुष्टि भएको प्रवक्ता डा‍ गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको छ। संक्रमितमध्ये ५७ हजार ३८९ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ५०९ जनाको मृत्यु भएको छ।

प्रवक्ता गौतमका अनुसार बिहीबार कोरोनालाई जितेर ९६१ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version