काठमाडौं: नक्कली प्रहरी बनेर रकम असुल्न खोजेको आरोपमा काठमाडौँबाट एकजना पक्राउ परेका छन् ।

प्रहरी हुँ भन्दै काठमाडौँको नक्सालस्थित कन्टेक प्रालिमा गिट्टी बालुवा झारेको पैसा असुल्न खोज्ने व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा ओखलढुङ्गा लिखु गाउँपालिका–३ दामनाङटार घर भइ भक्तपुर नयाँठिमी बस्ने ३२ वर्षीय कुलबहादुर बस्नेत रहेका छन् ।

प्रहरीका अनुसार बस्नेतसहित ४ जनाले प्रहरी हुँ भन्दै गिट्टी बालुवा झारेको पैसा माग्नुका साथै धम्कीसमेत दिएका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version