काठमाडौं : पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी २ हजार ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको जानकारी दिएको छ ।

बितेको २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५२० पुगेको छ ।

एकैदिन ३ हजार ३०७ जनाले कोरोनालाई जितेका छन् । देशभर अहिले २१ हजार २३४ जनामा सक्रिय संक्रमण छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version