काठमाडौं : पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा १ हजार ६ सय ३८ जना संक्रमित थपिएका छन्।

 

काठमाडौंमा १२८०, भक्तपुरमा १९६ र ललितपुरमा १६२ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।

 

पछिल्लो २४ घण्टामा २ हजार ७२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो एक दिनको अवधिमा हालसम्मकै सबैभन्दा बढी हो।योसँगै नेपालमा कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

 

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version