काठमाडौं : ग्लोबल आईएमई बैंकले पाल्पा, रौतहट र गुल्मीमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यी ३ शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २२५ पुगेको छ ।

 

पाल्पाको रैनादवी छहरा गाउँपालिका ८, सत्यवतीमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा स्थानीय छवि सरा सिञ्जाली, रौतहटको कटहरीया नगरपालिका ५, कटहरीयामा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा स्थानीय महमद जलालुदीन हक र गुल्मीको मालिका गाउँपालिका ६, अर्जेमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा स्थानीय भरत पराजुलीलाई नियुक्त गरिएको छ ।

 

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्‍न ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायत सेवा लिन सक्नेछन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version