काठमाडौं : प्रदेश नम्बर ५ को राजधानीमा असन्तुष्ट प्रदेशसभा सदस्यहरुले त्यहाँको बैठकहलमा रहेका कुर्सी टेवल तोडफोड गरेका छन् ।
बैठक सुरु हुनासाथ आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई रोष्ट्रममा जान रोकेका सदस्यहरुले केहीबेरपछि नै त्यहाँ रहेका कुर्सी तोडफोड गरेका हुन् ।
प्रतिपक्षी कांग्रेसका सांसदको विरोधका बीच सभामुखले बैठक अगाडि बढाएपछि बिरोध गर्ने क्रममा कांग्रेस सांसदहरु विजय यादव र ओसिउद्दिन खानले सभामा कुर्सि तोडफोड गरेका हुन्।
विरोध र तोडफोडबीच पनि सभामुखले बैठक जारी राखेका छन्।
Facebook Comments Box
