काठमाडौं: विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले विश्वका प्रति १० व्यक्तिमध्ये एक जनामा कोरोना भाइरसको संक्रमण भइसकेको हुन सक्ने जनाएको छ।
महामारी नियन्त्रणका लागि विश्वव्यापी रुपमा भइरहेका प्रयासहरुबारे छलफल गर्न स्वीट्जरल्याण्डको जेनेभामा बसेको डब्ल्युएचओका नेताहरुको विशेष बैठकमा यस्तो अनुमान गरिएको हो ।
विश्वमा हरेक १० मा एकजना कोरोना भाइरसबाट संक्रमित भएको हुन सक्ने डब्ल्युएचओले जनाएको बीबीसीले उल्लेख गरेको छ ।
विश्वभर तीन करोड ५६ लाख मानिस संक्रमित भएको पुष्टि भए पनि यो संख्या ८० करोड नजिक रहेको डब्ल्युएचओको अनुमान छ ।
विज्ञहरुले यसअघिदेखि नै लगातार वास्तविक संक्रमितको संख्या पुष्टि भएको भन्दा धेरै रहेको बताउँदै आएका छन् ।
