काठमाडौं: सोमबार घटेको सुनको मुल्य मंगलबार पुनः बढेको छ । आज सुनको मुल्य तोलामा ८०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मुल्य प्रतितोला ९४ हजार ९०० रुपैयाँ तोकेको छ । यो मुल्य हिजोको भन्दा ८०० रुपैयाँले बढी हो ।

यस्तै, आजका लागि तेजावी सुनको मुल्य भने ९४ हजार ४०० रुपैयाँ तोकिएको छ ।

यसैगरी, आज चाँदीको मुल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । आजका लागि चाँदीको मुल्य रु. १२०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version