काठमाडौँ: शेयर बजारमा हरियाली छाउँदा सात महिनापछि नेप्से सूचक १६ सय अंकमाथि उक्लिएको छ । बुधबार साढे १४ अंकले बजार बढेपछि नेप्से सूचक १६००.९७ विन्दुमा उक्लिएको छ ।

कारोबारमा आएका अधिकांस समूहमा सुधार आएपछि बजार बढेको हो । यसदिन कारोबारमा आएका उत्पादन र लघुवित्त बाहेक सबै समूहका सूचक उकालो लागेका छन । विशेषगरी जलविद्युत कम्पनीहरुको शेयरमूल्य उच्चदरले बढेको छ ।

बुधबारको बजारमा १९५ कम्पनीको एक करोड २६ लाख ९९ हजार ५३५ कित्ता शेयर ३ अर्ब ३५ करोड बराबरमा किनबेच भएका छन् । सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको लाभांश घोषणा गर्ने क्रम सुरु भएपछि शेयर बजारमा लगानीकर्ताको आकर्षण थपिएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version