काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ३४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ ।

 

हिजो मंगलबार २२ हजार ७ सय ९ जना सक्रिय संक्रमित रहेको थियो भने आज २५ हजार ७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

त्यसैगरी काठमाडौैं उपत्यकामा मात्रै १६ सय ८४ जना संक्रमित भेटिएका छन, जसमध्ये काठमाडौंमा १२९६, भक्तपुरमा ९५ र ललितपुरमा २९३ जना रहको छन ।

२४ घण्टामा ११ सय २६ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन भने देशभर हाल ४१६४ जना क्वारेन्टिनमा रहेका छन ।

साथै देशमा कोरोना संक्रमणमुक्त हुने दर ७२ दशमलब ९ प्रतिशत रहेकोछ । २४ घण्टामा देशभर २२३ जना सघन उपचार कक्षमा उपचाररत रहेका छन भने भेन्टिलेटरमा ३७ जना रहेको मन्त्रालयले जनाएको छ ।

 

पछिल्लो समय १४ हजार २०९ जनाको पिसिआर परीक्षण गरिएको छ । त्यस्तै होम आइसोलेसनमा १४ हजार ४११ र आइसोलेसनमा १०५९७ रहेका छन ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version