काठमाडौं: पछिल्लो चौबीस घण्टामा उपत्यका भित्रिने र बाहिरिनेको संख्या हाराहारीमा देखिएको छ । गएको चौबीस घण्टामा विभिन्‍न नाका प्रयोग गरी ४ हजार ५ सय ३१ वटा सवारीसाधनमा १९ हजार ६८८ यात्रु उपत्यका भित्रिएका छन् ।

 

सोही अवधिमा ४ हजार ४६६ सवारीसाधनमा १९ हजार ७८६ यात्रु उपत्यकाबाट बाहिरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । महाशाखाका अनुसार चौबीस घण्टाकै अवधिमा उपत्यकामा ३३ वटा सवारीसाधन दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । २९ जना घाइते भएका छन् ।

 

यस्तै उपत्यकामा जोर गते जोर नम्बरका सवारीसाधन सञ्चालनमा छन् । यही जोरबिजोरको उल्लङ्‍घन गर्ने १५५ वटा सवारीसाधनलाई उपत्यकाबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा दुई पाङग्रे १५५ वटा र ३० वटा ४ पाङग्रे सवारीसाधन छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version