काठमाडौँ: काठमाडौं उपत्यकामा एक हप्ताभित्रै १० हजार बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो एक हप्तामै उपत्यकामा १० हजार बढी व्यक्तिमा कोरोना पोजेटिभ देखिएको जानकारी गराए।

बिहीबारमात्र उपत्यकामा २ हजार ५ सय ४० जनामा संक्रमण पुष्टि भएको छ। जसमा काठमाडौंका २०८५, ललितपुरका ३२० र भक्तपुरका १३५ छन्।

प्रवक्ता गौतमले उपत्यकामा निषेधज्ञा खुलेसँग मानिसहरूको चहलपहल बढेको र स्वास्थ्य मापदण्ड पूरा पालना नगरिएका कारण संक्रमण संख्या ह्वात्तै बढेको जनाए।

साथै, बाहिरबाट उपत्यका आउने व्यक्तिहरू दुई साता क्वारेन्टिनमा बसेर काममा फर्किने मापदण्ड भए पनि त्यो पनि पालना नभएको मन्त्रालयले जनाएको छ।

पछिल्लो समय उपत्यकामा संक्रमण दर ह्वात्तै बढेकाले अस्पतालहरूमा समेत बेड अभाव हुन थालेको छ।

अधिकांश अस्पतालहरूले आइसियू बेड भरिएको भन्दै नयाँ बिरामी भर्ना गर्न नसकिने जनाएका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version