काठमाडौँ: गत वर्षको तुलनामा यो वर्ष मुलुकभर उत्साहजनक रोपाई भएको छ । साउन २८ गते सम्म लगभग ९५ दशमलब ४ प्रतिशत रोपाई भएको कृषि, भुमि ब्यबस्थापन तथा सहकारी मन्त्रालयले जनाएको छ ।
नेपालमा १५ लाख ५२ हजार ४६९ हेक्टर जमिनमा धन खेति हुनेगरेको मध्ये १४ लाख ८१ हजार १३ हेक्टर जमिनमा रोपाई भएको छ ।
समयमा देशभर राम्रो वर्षा भएको यो वर्ष गत वर्षको भन्दा राम्रो रोपाई भएको मन्त्रालयले जनाएको छ । गत वर्ष साउन अन्तिमसम्म जम्मा ८९ प्रतिशत रोपाई भएको थियो ।
गतवर्ष ९५ प्रतिशत भएपनि तराईमा आएको बाढीले धरै जमिनमा लगाईएको धान नस्ट हुँदा धान उत्पादनमा कमि आएको थियो थियो ।
हाम्रो जस्तो कृषि प्रधान देशमा धान उत्पादनले जीडीपीमा ठुलो योगदान दिने हुनाले धान उत्पादन बढ्दा देशको अर्थतन्त्रमा सुधार आउने छ ।
उच्च पहाडमा ९६ दशमलब २३ प्रतिशत (५५ हजार ७८५ हेक्टर), मध्य पहाडमा ९४ दशमलब १० प्रतिशत ( तीन लाख ७६ हजर ८९ हेक्टर) र तराईमा ९५ दशमलब ८३ प्रतिशत ( १० लाख ४८ हजार ९४२ हेक्टर) जमिनमा रोपाई भैसकेको मन्त्रालयले जनाएको छ ।
उच्च पहाडमा ५८ हजार १५८ हेक्टर, मध्य पहाडमा तिन लाख ९९ हजार ६७५ हेक्टर र तराईमा १० लाख ९४ हजार ६३६ हेक्टर जमिन धन खेतियोग्य छ ।
यो वर्ष राम्रो रोपाइँ भएको र हालसम्म बाढीपहिरोले धेरै नोक्सान नगरेको हुनाले आगामी दिनमा पनि मौसमले साथ दिए हालसम्मकै उच्च धान उत्पादन हुने मन्त्रालयले अपेक्षा गरेको मन्त्रालय स्रोतले बतायो ।
यो वर्ष लगभग ५५ लाख मेट्रिक टन धान उत्पादन हुने अपेक्षा गरिएको छ । अहिलेसम्म सबै भन्दा बढी ५२ लाख ३० हजार मेट्रिक टन धान आर्थिक वर्ष २०७३/७४ मा उत्पादन भएको थियो ।
