दाङ: दाङ प्रहरीले एक किलो अवैध सुनसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दुई जना घोराही दाङका र एक जना बुटवलका छन्।

उनीहरूलाई प्रहरीले विशेष सुराकीका आधारमा बिहीबार मध्यान्हतिर दाङको लमही नगरपालिका वडा नं. ९ अमिलिया बजार क्षेत्रबाट पक्राउ गरेको हो।

यो दाङ र बाँकेको सीमाना जोडिएको पूर्व पश्चिम राजमार्ग क्षेत्र हो।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले विशेष सूचनाका आधारमा जुत्तामा लुकाएर ल्याउँदै गरेको सुन जस्तो पहेंलो धातुसहित उनीहरूलाई पक्राउ गरिएको बताए।

‘बिस्कुट जस्तै बनाएर जुत्तामुनि लुकाएर ल्याउँदै गरेको अवस्थामा ५/५ सय ग्रामको सुन जस्तै देखिने धातु प्रहरीले उनीहरूबाट बरामद गर्न सफल भएको छ,’ डिएसपी खड्काले भने, ‘अहिले म बाटोमा छु। कार्यालय फर्किएपछि विस्तृत जानकारी दिनेछौं।’

जिल्लामा अवैध सुन बरामद भएको यो नै पहिलो घटना हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version