काठमाडौं: सरकारले नेपाल एयरलाइन्सको महाप्रबन्धकमा प्रकाश पौडेललाई नियुक्त गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई एयरलाइन्सको महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
पौडेल निगम सञ्चालक समितिका सदस्य रहेका थिए । पेशाले चार्टर्ड एकाउन्टेन्ट पौडेल सत्तारुढ दल नेकपा निकटका कार्यकर्ता हुन् ।
निगममा महाप्रबन्धकको पद करिब डेढ वर्षदेखि रिक्त रहेको थियो। महाप्रबन्धकको सट्टा कार्यकारी अधिकारको जिम्मेवारी अध्यक्षलाई दिइएको थियो।
सरकारले गठन गरेको वायुसेवा निगम सुधारका लागि गठित सुझाव कार्यदलमा पौडेल सदस्य रहेका थिए। यसअघि उनले विभिन्न कम्पनीहरुको व्यवस्थापन तहमा बसेर काम गरिसकेका छन्।
