काठमाडौं : नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय पुगेको छ।

गत २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ६ सय पुगेको हो।

५ वटा जिल्लाका १ महिला र ९ पुरुष गरी १० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

झापामा २९ र ५२ वर्षीय पुरुष, सुनसरीमा ४६, ५३ र ६८ वर्षीय पुरुष, काठमाडौंमा ८७ वर्षीया महिला र ७१ वर्षीय पुरुष, ललितपुरमा ८४, रुपन्देहीमा ४७ र ८४ वर्षीय पुरुषको मृत्यु भएको छ।

यसअघि बिहीबार नेपालमा १२ जनाको मृत्यु भएको थियो। नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version