काठमाडौं : सानिमा जनरल इन्स्योरेन्सको आईपिओ खुलेको तीन दिनमा झण्डै साढे सात लाखको आवेदन परेको छ । आज अपरान्ह १६ः३० बजेसम्मको तथ्याङ्क अनुसार सात लाख ४४ हजार जनाले आवेदन दिएका छन् ।

 

कूल आवेदन दिएका मध्ये ६ लाख १५ जनाको आवेदन भेरिफाई समेत भइसकेको एनआईसी एसिया क्यापिटलले जनाएको छ । कम्पनीका अनुसार १३ हजार जनाको आवेदन रद्द गरिएको छ ।

 

सानिमा जनरल इन्स्योरेन्स कम्पनीले कूल ३० लाख कित्ताको लागि यही असाज २१ गतेबाट आवेदन खुल्ला गरेको थियो ।

सो आईपिओमा यही असोज २५ गते अपरान्ह १७ः०० बजेसम्म आवेदन खुल्ला गरिएको छ । आवेदन दिएका मध्ये दुई लाख ७३ हजार जनाले मात्रै गोलाप्रथाद्वारा १० कित्ताको दरले सानिमा जनरल इन्स्योरेन्सको शेयर पाउनेछन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version