काठमाडौं: काठमाडौं महानगरपालिकाले कारोना भाइरस नियन्त्रण तथा रोकथामका लागि हालसम्म ८ करोड ७४ लाख ३९ हजार खर्च भएको तथ्यांक सार्वजनिक गरेको छ ।

महानगरले चैत्र ११ गतेदेखि हालसम्म खाना तथा राहत वितरण, एम्बुलेन्स सेवा भुक्तानी, डिसइन्फेक्सन औषधी छर्कने, जनप्रतिनिधि तथा कर्मचारीको कोरोना बिमा लगायतका शीर्षकमा सो रकम खर्च गरेको जनाएको छ ।

महानगरको चैत्र ६ मा बसेको कार्यपालिका बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि १० करोड बजेट विनियोजन गरेको थियो ।

उक्त बजेटबाट हालसम्म ८ करोड ७४ लाख ३९ हजार खर्च भएको काठमाडौं महानगरका सूचना अधिकारी नवराज ढकालले जानकारी दिए ।

उनकाअनुसार वडा कार्यालयबाट राहत तथा खाद्यन्न वितरणका लागि ५७ लाख १० हजार, विभिन्न संघसंस्थालाई केन्द्रबाट राहत सामान वितरणमा २४ लाख ८७ हजार रुपैयाँ खर्च भएको छ ।

महानगर क्षेत्रभित्र औषधी छर्कन १९ लाख ९४ हजार ७ सय, एम्बुलेन्स सेवा भुक्तानी ८ लाख ३७ हजार ५ सय, प्रसारणमा २२ लाख २ हजार ७ सय खर्च भएको छ ।

त्यसैगरी कोभिड रोकथाम तथा नियन्त्रण सामग्री खरिद (केन्द्रीय स्तर) १ करोड २४ लाख ९ सय, वडा स्तर ५९ लाख ८७ हजार ६ सय, धुनिबेंसी, ककनी, तारकेश्वर नगरपालिकालाई राहत वितरण अनुदानमा ३३ लाख खर्च भएको महानगरले जनाएको छ ।

यस्तै, महानगरका कर्मचारी तथा जनप्रतिनिधिका निम्ति कोरोना बिमाका लागि ११ लाख ८९ हजार २ सय रुपैयाँ खर्च भएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version