काठमाडौं: योजना बनाएर पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने शुक्रबार एक कार्यक्रममा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।
गैरआवासीय नेपाली संघले आयोजना गरेको दोस्रो ज्ञान सम्मेलनको अवसरमा ‘भौतिक पूर्वाधार निर्माण’ विषयक छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले व्यवस्थितरुपमा निर्माणमा जोड दिनुपर्ने बताए ।
व्यवस्थित पूर्वाधार निर्माण अहिलेको आवश्यकता भएको भन्दै कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारले योजना बनाएर शहरीकरण गर्न सके भविष्यमा समस्या नआउने बताए ।
नेपालमा पूर्वाधारमा लगानी विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपाल पूर्वाधार बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले पूर्वाधार क्षेत्रमा लगानी गर्न आतुर रहेको बताए । ६० प्रतिशत सरकारको लगानी ३० प्रतिशत निजी क्षेत्रले पूर्वाधार क्षेत्रमा लगानी गर्दै आएका छन् ।
यातयाता, उर्जा, कृषि, पर्यटन, विशेष आर्थिक क्षेत्र(सेज), शहरी पूर्वाधार लगायत क्षेत्रमा अवसर लगानीको अवसर रहेको उनले बताए ।
हाइड्रो, टुरिजम होटल र सीमेन्ट उद्योगमा पूर्वाधार निर्माण क्रम बढेको उनले बताए । पब्लिक प्राइभेट पाटनरसीपमा पूर्वाधार लगानी पर्याप्त मात्रामा हुन नसकेको उनको भनाइ छ ।
कार्यपत्र प्रस्तुत गर्दै पिई सतिस त्रिपाठीले आर्थिक विकास सुस्त भएको बताए । ६ प्रतिशतदेअि ८ प्रतिशतसम्मको जिडीपी ग्रोथले आर्थिक विकासमा जाँदा पनि विकास सुस्त भएको उनको भनाइ छ ।
अरु देशले सुरु गरेको पूर्वाधारको तुलनामा नेपाल निकै पछि रहेको उनको भनाइ छ । ‘सडकको ट्रयाक खोल्नमै छौ, उनले भने, हामी डेपलपमेन्टमा छैनौ’ अब लगानी गर्ने पूर्वाधारले देशको विकास कहाँ पुग्छ भन्ने भन्न सकिने उनको भनाइ छ ।
योजनाबद्ध ढंगले अघि बढ्न नसक्दा पूर्वाधार विकास हुन नसकेको उहाँको भनाइ छ । संघीयता सुरु भएको समयमा पूर्वाधार निर्माणको चरण भएको उनको भनाइ छ ।
५ वर्षमै पूर्वाधार बिग्रनेखालको बनाउन हुँदैन । पूर्वाधारका लागि लगानी गर्दैछौं । १९७० को मोडेलमा रहने होइन । दिर्घकालिन योजना बोकेर जानुपर्छ ।
थोरै काममा काम गर्दा पूर्वाधार निर्माण भएन, अब त स्थानीय तहले योजना बनाएर काम गर्न सक्छन्’ उनले भने ।
प्रोफेसर डां संगिता सिंहले भूकम्पपछि पुर्ननिर्माणको काम अघि बढ्न नसकेको बताईन ।
पूर्वाधार निर्माणमा योजना बनाएर अघि बढ्न सके पछि समस्या नआउने र व्यवस्थित शहर बन्ने उनको भनाइ छ ।
सिभिल ईञ्जिनियर केशवराज ज्ञवालीले भवन बनाउँदा पूर्वाधार निर्माणमा ध्यान दिन आवश्यक भएको बताए । विकसित शहर बनाउन पहिला नै योजना बनाउनुपर्छ’उनले भने ।
